४ कार्तिक,काठमाडौं - पछिल्लो २४ घन्टामा ३ हजार ९३ जनामा कोरोना संक्रमित थपिएका छन् ।
योसंगै अव देशभर संक्रमितको संख्या १ लाख ३९ हजार १ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३ हजार ९३ जनामा कोरोना संक्रमण भएको जानकारी दिए ।
मन्त्रालयका अनुसार संक्रमितमध्ये २ हजार १ सय ८ जना कोरोना मुक्त भएका छन् भने हालसम्म ७ सय ६५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।