|  

काठमाडौं उपत्यकामा मात्र १ हजार ७०२ कोरोना संक्रमित् थपिए

४ असोज,काठमाडौं - काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा १ हजार ७०२ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ४३१ जना, भक्तपुरमा १४८ जना र ललितपुरमा १२३ जनासहित पछिल्लो २४ घन्टामा उपत्यकामा १ हजार ७०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।