|  

पछिल्लो २४ घन्टामा देशभर ८ कोरोना संक्रमितको मृत्यु

४ असोज,काठमाडौं - पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । 

आज ८ जना मृतक थपिएसंगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७६५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

त्यस्तै मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३ हजार ९३ जनालाई कोरोना संक्रमण भएको जानकारी दिए । गौतमका अनुसार संक्रमितमध्ये २ हजार १ सय ८ जना कोरोना मुक्त भएका छन् ।