|  

सुर्खेतमा कोरोना संक्रमितको महिलाको मृत्यु

४ कात्तिक,सुर्खेत - सुर्खेतमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

सुर्खेत स्थित कर्णाली प्रदेश अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमित महिलाको मंगलबार मृत्यु भएको हो । उपचारका क्रममा वीरेन्द्रनगर नगरपालिका-८, सुर्खेतकी ८६ वर्षीया महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । 

उनको मंगलबार दिउँसो १ बजे मृत्यु भएको हो ।