|  

दैलेख बस दुर्घटना: चालकको मृत्यु, १४ जना घाइते

४ कार्तिक, काठमाडौं । सुर्खेतबाट जम्बुकाँधतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छनु । सुर्खेतबाट जम्बुकाँधतर्फ जाँदै गरेको ना ३ ख ५५१९ नम्बरको बस दैलेखको गुराँस गाउँपालिका २ तल्लो डुङ्गेश्वर बजारमा दुर्घटना हुँदा चालकको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १ का ४० वर्षीय चालक ललित नेपालीको ज्यान गएको दैलेखका प्रहरी इन्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा घाइते भएका १४ यात्रुमध्ये १० जनालाई तल्लो डुङ्गेश्वर बजारको मेडिकलमा प्रारम्भिक उपचारपछि आ–आफ्नो घर पठाइएको छ ।  प्रहरीले गम्भीर घाइते चार जनालाई भने थप उपचारको लागि सुर्खेत पठाइएको र घटनाको थप अनुसन्धान थालिएको जनाएको छ ।

ब्रेक फेल भएर बस सडकमा पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।