|  

सांसद इन्द्रमणि पराजुली र उनका सवारी चालकमा कोरोना संक्रमण

४ कार्तिक, काठमाडौं । प्रदेश नं १ का सांसद इन्द्रमणि पराजुलीमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको छ । गत असोज २२ मा विराटनगरबाट घर आएका पराजुलीले सामाजिक सञ्जालमार्फत आफूसँग सम्पर्कमा रहेका सबैमा सजकता अपनाउन आग्रह गरेका छन् । 

प्रदेशको न्याय प्रशासन तथा विधायन समितिका सभापति समेत रहेका पराजुलीमा केही दिनदेखि ज्वरो आउने, जिउ दुख्ने जस्ता लक्षण देखिएपछि पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ आएको हो । पराजुली अहिले धनकुटा ७ स्थित निवासमा आइसोलेसनमा छन् ।

यसैगरी, उनीसँगै उनका सवारी चालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटाको महालक्ष्मी १ मारेककटहरेका चालक सन्तोष रायमाझी पराजुलीको निवासमा आइसोलेसनमा छन् ।