|  

धुलिखेल अस्पतालमा काभ्रेकी संक्रमित महिलाको मृत्यु, आज मात्रै जिल्लामा ३१ संक्रमित थपिए

४ कार्तिक, काठमाडौं ।  काभ्रेमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। बेथानचोक गाउँपालिकाकी संक्रमित महिलाको धुलिखेल सामुदायिक अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो।

योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ। जसमा ८ पुरुष र ६ महिला रहेका छन्। त्यस्तै अन्यत्र स्थायी घर भई काभ्रेमा उपचार क्रममा ४ पुरुष र ३ महिला गरी ७ जनाको मृत्यु भएको छ। आज मंगलबार पनि जिल्लामा ३१ जना नयाँ संक्रमित थपिएका छन् ।