|  

बिहानैबाट मौसम परिवर्तन : यस्तो छ आज दिनभरिको मौसमी अवस्था

५ कार्तिक,काठमाडौं - राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) बिहानैदेखि देशभर मौसमको गतिविधीबारे विवरण सार्वजनिक गरेको छ ।

महाशाखाका अनुसार आज बिहानैबाट देशका केही जिल्ला र प्रदेशमा पहिलेभन्दा मौसम परिवर्तन भएको छ । त्यस्तै दिउँसो पनि प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न २ र कर्णाली प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । 

साथै प्रदेश १ र वागमती प्रदेशका एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको समेत जनाइएको छ । यसैगरी राती पनि देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली तथा लुम्विनी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ भने सुदुर पश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुइ स्थानमा हल्का बर्षाको सम्भावाना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।