|  

धादिङका सिडिओ पुण्य विक्रम पौडेललाई कोरोना संक्रमण

५ कार्तिक, धादिङ - धादिङका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

केहिदिन अघि गरिएको स्वाव संकलनपछि काठमाडौं स्थित राष्ट्रिय जनस्वास्थ्य प्रायोगशालामा परिक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी पौडेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यद्धपी रिपोर्ट आईनसकेको र संक्रमण पुष्टि भएको जानकारी पाए लगत्तै आफू आइशोलेशनमा बसेको प्रजिअ पौडेलले बताए ।
 
‘रिपोर्ट आइसकेको छैन, अनौपचारिक रुपमा रिपोर्ट पोजिटिभ आयो भन्ने सुनेको छु' उनले भने, 'अहिले म आइशोलेशनमै छु । मलाई कुनै लक्षण र स्वास्थ्य समस्या भने छैन ।' उनले भने ।

स्रोतका अनुसार प्रजिअ पौडेलसहित ५ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । पौडेलका चालक समेत संक्रमित बनेको बताइएको छ । 

यद्धपी उनको परिवारलाई भने कोरोना संक्रमण नदेखिएको स्रोतले जनाएको छ ।