|  

बुटवल कोरोना अस्पतालमा थप दुई संक्रमितको मृत्यु

५ कार्तिक,बुटवल - बुटबलको कोरोना विशेष अस्पतालमा दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । 
अस्पतालका अनुसार बुटबल उपमहानगरपालिका-१७ मोतीपुरका ८१ वर्षका पुरुष र बुटबल-११ का ४७ वर्षका अर्को पुरुषको आज बुधबार विहानै  मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी डा. बिष्णु प्रसाद गौतमका अनुसार असोज २७ गते भर्ना भएको  मोतीपुरुका ८१ वर्षका पुरुषको आज बिहान ५ बजे मृत्यु भएको छ । उनी सुगर र प्रेसरका बिरामी रहेको थिए ।

त्यसस्तै, बुटबल–११ का ४७ वर्षीय पुरुष असोज २४ गते भर्ना भएका थिए । आज बिहानै भेन्टीलेटरमा राखि उपचार गर्दागर्दे मृत्यु भएको अस्पतालले जनाएको छ ।  उनी पनि प्रेसर रोगका बिरामी थिए । 

यो सगैं कोरोना अस्पतालमा मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।