|  

पेस्तोल र वन्यजन्तु सामग्री सहित एक पक्राउ

५ कार्तिक,तनहुं - तनहुं प्रहरीले पेस्तोल र वन्यजन्तु सामग्रीसहित एक जनालाई पक्राउ गरेको छ ।

बिषेस सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बन्दीपुर र इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेबाट खटिएको प्रहरी  टोलीले दुई थान पेस्तोलसहित बन्दीपुर गाउँपालिका-६ का ४० वर्षीय अशोक गुरुङलाई आफ्नै घरबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाका अनुसार गुरुङको घरबाट प्रहरीले दुई थान पेस्तोल सहित वन्यजन्तुसँग सम्बन्धित सामग्री समेत बरामद गरेको छ । घर भित्र लुकाई राखेको अवस्थामा ९ एमएमको अटो पेस्तोल, ७.५ इन्च लम्बाई र ५.५ चौडाई भएको म्याग्जिन र सोही म्याग्जिनमा रहेको एक राउण्ड गोली, ७ इन्च लम्बाई र ५ इन्च चौडाई भएको म्याग्जिन सहितको एक थान पेस्तोल समेत बरामद गरिएको छ ।

त्यसैगरी दुईवटा सुटकेशभित्र लुकाइछिपाइ राखेको अवस्थामा पाँचवटा विभिन्न वन्यजन्तु सामग्री समेत बरामद गरेको छ । विभिन्न आकारका लम्बाइ, चौडाइ भएका छालाजस्तो देखिने वस्तु पानको पात आकारमा बिचमा ॐ लेखेको ५.५ इन्च लम्बाइ द्ध इन्च चौडाइ भएका एक थान वस्तु बरामद गरेको प््रहरीले बताएको छ ।

त्यसैगरी जङ्गली जनावरको छालाजस्तो देखिने छ इन्च लम्बाइ, २.५ इन्च गोलाइको वस्तु एक थान र जङ्गली जनावरको छालाजस्तो देखिने ठ इन्च लम्बाइ र १.५ इन्च गोलाइ भएको वस्तु एक थान बरामद गरेको छ । त्यस्तै जङ्गली जनावरको छालाजस्तो देखिने १० इन्च लम्बाइ २।५ इन्च गोलाइ भएको वस्तु थान एक र जङ्गली जनावरको छालाजस्तो देखिने ‘भी’ आकारको वस्तु एक थान तथा जङ्गली जनावरको सिङजस्तो देखिने एक फिट लम्बाइ, फेद गोलाइ ४.५ इन्च र टुप्पाको गोलाइ एक इन्च भएको वस्तु एक थानसहित बरामद गरेको प्रहरीले जनाएको छ । 

त्यसैगरी जङ्गली जनावरको सिङजस्तो देखिने एक फिट तीन इन्च लम्बाइ फेदको गोलाइ तीन इन्च, टुप्पोको गोलाइ १.५ इन्च भएको वस्तु एक थान पनि प्रहरीले बरामद गरेको छ । सोही सुटकेशको साइड गोजीमा प्लाष्टिकमा पोका पारी राखेको ५० ग्राम गाँजाजस्तो पदार्थसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
 
प्रहरीले गुरुङ सहित सवै सामाग्री बरामद गरी थप अनुसन्धान गरिरहेको छ ।