|  

सुनको मूल्य ह्वात्तै बढ्यो, प्रतितोला कति पुग्यो ?

५ कार्तिक, काठमाडौं । आज बुधबार सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको तेस्रो दिन हिजो मंगलबार प्रतितोला ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ८०० सय रुपियाँले बढेर ९५ हजार ५०० रुपैयाँ कायम भएको हो । 

त्यस्तै, छापावाल सुन प्रति ग्राम ८१ हजार ८७५ रुपैयाँ कायम भएको छ । यसैगरी तेजाबी सुनको मूल्य आजका लागि प्रतितोला ९५ हजार रुपैँया कायम भएको छ । त्यस्तै, महासंघले तेजाबी सुन प्रतिग्राम ८१ हजार ४४५ रुपैयाँ कायम भएको छ । 

त्यसैगरी आज महासंघले चाँदीको मूल्य प्रतितोला एक हजार २४० रुपियाँ कायम गरेको छ । हिजो मंगलबार भने प्रतितोला एक हजार २१० रुपियाँमा कारोबार भएको थियो ।