|  

कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट सुरु हुने (परीक्षा तालिकासहित)

काठमाडौं । कोरोना महामारीका कारण स्थगित भएको कक्षा १२ को परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बैशाख ८ गतेदेखि सञ्चालन हुने गरी तय भएको कक्षा १२ को साधारण (संगीत, ललितकला र संस्कृत विषय समूह समेत) तथा प्राविधिक विषय समूह तर्फका नियमित परीक्षार्थीहरुको वार्षिक परिक्षा सञ्चालनका लागि परीक्षा तालिका सार्वजनिक गरेको छ ।

बोर्डका अनुसार कक्षा १२ को परीक्षा मंसिर ९ गते विहान ८ बजेदेखि शुरु हुनेछ । यस वर्ष करिब १ सय १५ विषयमा करिब ४ लाख ३२ हजार विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् ।