|  

अर्थमन्त्री पौडेल र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

५ कार्तिक, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी राजदूत र्यान्डी बेरीबीच भेटवार्ता भएको छ । बुधबारको भेटमा मन्त्री पौडेलले नेपाल–अमेरिकाबीचको सम्बन्धबारे चर्चा गर्दै अमेरिका सरकारले नेपालको विकासमा निरन्तर गर्दै आएको सहयोगका लागि धन्यवाद दिएको मन्त्रालयले जनाएको छ ।

राजदूत बेरीले अमेरिकाबाट प्राप्त हुने सहायता कोरोना भाइरस नियन्त्रणमा केन्द्रित गरेको उल्लेख गर्दै अमेरिका सरकारले आगामी दिनमा नेपाललाई दिने सहयोगलाई निरन्तरता दिने प्रतिबद्धतासमेत गरेको जनाइएको छ ।

अर्थमन्त्री र राजदूतबीच द्विपक्षीय आर्थिक सहयोग, कोभिड–१९ महामारीको नियन्त्रण र सोपछिको आर्थिक पुनरुत्थानमा हुने सहयोगलगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।