|  

भक्तपुरमा थप ६ जना कोरोना संक्रमितको मृत्यु

५ कार्तिक, भक्तपुर । भक्तपुरमा थप ६ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ महिला र २ पुरुष गरी ६ जना कोरोना भाइरस संक्रमितको रहेको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ  ।

यससँगै भक्तपुरमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ५३ पुगेको छ । यहाँका ३६ पुरुष र १७ महिलाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो ।

भक्तपुरका चार नगरपालिका मध्ये सबैभन्दा बढी भक्तपुर नपाका १४ पुरुष र ८ महिला गरी २२ जना संक्रमितको मृत्यु भएको छ । यसपछि मध्यपुर थिमि नपाका १५ पुरुष र ५ महिला गरी २० जना संक्रमितको मृत्यु भएको छ ।

त्यस्तै सूर्यविनायक नपाका ६ पुरुष र ४ महिला गरी १० जना तथा चाँगुनारायण नपाका एक पुरुष संक्रमितको मृत्यु भएको छ ।

भक्तपुरमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संक्रमणदर १.१३ प्रतिशत रहेको छ । जुन समग्र नेपालको मृत्युदरभन्दा दोब्बर हो ।