|  

आज मात्रै थपिए पाँच हजार ७४३ कोरोना संक्रमित, उपत्यकामा मात्रै ३ हजार माथि

५ कार्तिक, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप पाँच हजार ७४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा. जागेश्वर गौतमले नेपालमा २४ घन्टामा थप पाँच हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिएका हुन् ।  

उपत्यकामा मात्र ३१०७ जनामा कोरोना भेटिएको प्रवक्ता गौतमले जानकारी दिए । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ४४ हजार ८७२ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितको संख्या ४४ हजार ४ सय ७६ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २६ जनाको मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेको संख्या ७९१ पुगेको छ । त्यसैगरी, आज २९९६ जना निको भएसँगै हालसम्म ९९ हजार ६ सय ५ जना निको भएर घर फर्किसकेका छन ।

नेपालमा हालसम्म १३ लाख ३४ हजार ८९७ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ ।