|  

ओखलढुंगामा जलबिद्युत आयोजनाको ड्याम साईडमा एक महिला मृत फेला

५ कार्तिक, ओखलढुंगा । ओखलढुंगाकी एक महिला जलबिद्युत आयोजनाको ड्याम साईडमा मृत फेला परेकी छिन् । जिल्लाको सिद्धिचरण नगरपालिका ४ रुम्जाटारकी ३२ बर्षिय सुस्मा राई ठोट्ने खोला मिनी जलबिद्युत अयोजनाको ड्याम साईडमा बुधबार मृत फेला परेकी हुन्।

स्थानीयले जलबिद्युतको ड्याम साईडमा महिलाको कपडा तथा डोको देखेपनि महिलालाई नदेखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनास्थलमा पुगेर खोजतलास गर्ने क्रममा पानीभित्र राईलाई मृत अवस्थामा फेला पारेको ओखलढुंगा प्रहरी निरिक्षक शिव कट्टेलले जानकारी दिए । ती महिला नुहाउने क्रममा पानीमा डुवेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान हुँदै छ ।