|  

चलिचत्र ‘समर लभ’ दशैंको फुलपातीबाट टिभीमा हेर्न सकिने

काठमाडौं । युवा आख्यानकार सुबिन भट्टराईको सर्वाधिक विक्री भएको पुस्तक ‘समर लभ’ मा आधारित भएर निर्माण भएको चलचित्र ‘समर लभ’ फूलपातीबाट टिभीमा रिलिज हुने भएको छ । बिगत सात महिनादेखि चलचित्रहरु हलमा गएर हेर्न नपाउँदा दर्शकहरूलाई ध्यानमा राखेर टीभीमा नै प्रस्तुत गर्न लागिएको हो ।

चलचित्रका निर्देशक मुस्कान ढकालका अनुसार, कात्तिक ७ गतेबाट डिसहोमको च्यानल नम्बर ८ मा चलचित्र हेर्न सकिने छ । दर्शकले ‘दशैंमा नेपाली चलचित्र हेर्ने परम्परा चलि आएको छ । यो वर्ष महामारीका कारण नयाँ चलचित्र रिलिज हुन सकेनन् । दशैं खल्लो नहोस् भनेर टिभीमै भए पनि रिलिज गर्ने तयारी गरेको उनी बताउँछन् । दर्शकले २ सय २५ मा सो चलचित्र हेर्न सक्नेछन् ।

‘समर लभ’ लाई म्याक्स प्लेयर र नेट टिभीमा पनि रिलिज गर्ने तयारी गरिएको छ । मुस्कानले चलचित्र तत्कालै युट्युबमा रिलिज नहुने जानकारी दिएका छन् । सुरज सिंह ठकुरी, आशिष पिया, रेवती क्षेत्री, शिशिर भण्डारी लगायतका कलाकारको अभिनय रहेको चलचित्रमा सञ्जय लामाको छायांकन र पुष्पन प्रधानको संगीत रहेको छ । चलचित्र भने, व्यावसायिक रुपमा असफल भएको थियो ।