|  

बारामा भारतीय युवकद्धारा प्रहरीमाथि गोली प्रहार

५ कार्तिक, काठमाडौं । अवैध हतियारसहित एक भारतीय नागरिकलाई बारा प्रहरीले पक्राउ गरेको छ । बुधबार बाराको सिम्रौनगढ ९ सानो बंकुलस्थित प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले भारतको बिहार पूर्वी चम्पारण दुधिअवा बस्ने २८ वर्षीय बृजकिशोर कुशहवामाथि संका गर्दैै खनतलासी गर्न खोज्दा कुशहवाले प्रहरी टोलीमाथि गोली प्रहार गर्दा मिस फायर भएको थियो ।

त्यसलगत्तै प्रहरीले उनीमाथि जवाफी कार्वाही गर्दा वायाँ पाखुरामा गोली लागेर कुशहवा घाइते भएका थिए । पक्राउ परेका कुशहवाबाट १ थान पेस्तोल र त्यसमा प्रयोग हुने ५ राउन्ड गोली बरामद गरेको छ । उनीमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।