|  

चितवनमा ४० वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु

५ कार्तिक, चितवन । भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत एकजना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । मेडिकल कलेजका निर्देशक प्रा। डा। दयाराम लम्सालका अनुसार चितवनको रत्ननगर नगरपालिका–१२ का ४० वर्षीय पुरूषको उपचारको क्रममा बुधबार दिउँसो ४:२८ बजे मृत्यु भएको हो ।

ज्वरो र निमोनिया सम्बन्धी समस्याका कारण असोज २३ गते मेडिकल कलेजमा भर्ना भएका उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । आईसीयू कक्षको भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो ।