|  

उपराष्ट्रपति पुनले चाडपर्व खर्च कोरोना कोषमा जम्मा गर्ने

५ कार्तिक, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले आफुलाई प्राप्त हुने चाडपर्व खर्च बापतको रकम कोरोना उपचार कोषमा जम्मा गर्ने भएका छन् । बुधबार उपराष्ट्रपति पुनको निजी सचिवालयले एक विज्ञप्ति जारी गरी उपराष्ट्रपतिको चाडपर्व खर्च कोषलाई प्रदान गर्ने जानकारी दिएको हो । 

उपराष्ट्रपति पुनले यसअघि पनि एक महिनाको पारिश्रमिक कोषमा जम्मा गरिसकेका छन् ।