|  

संक्रमितको नि:शुल्क उपचारलाई निरन्तरता दिन अस्पताललाई बागमती प्रदेश सरकारको पत्राचार

५  कार्तिक, काठमाडौं । बागमती प्रदेश सरकारले कोरोना संक्रमित सबै नागरिकको नि:शुल्क उपचार गर्न कोरोना विशेष अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई पत्राचार गरेको छ । 

सामाजिक विकास मन्त्रालयको मन्त्रीस्तरको निर्णयअनुसार संघीय सरकारको निर्णयअनुसार लक्षित वर्गबाहेक अन्य नागरिकलाई समेत हाल प्रदान गरिरहेको सेवा साविकको विधि, प्रक्रियाअनुसार निरन्तरता दिन अस्पतालहरुलाई भनिएको छ ।