|  

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गयो

५ कार्तिक, काठमाडौं । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । ज्यान जानेमा मधुवन नगरपालिका – ३ की २६ वर्षीया गङ्गा खत्री रहेकी छिन् । उनको बुधबार साझँ बाघको आक्रमणबाट ज्यान गएको हो । 

सामुदायिक वनमा घाँस काट्न गएकी उनलाई बाघले आक्रमण गरेको बताइएको छ । 
उनलाई बाघले आक्रमण गरी घिसार्दै लगी सशस्त्र प्रहरीको बेस क्याम्प नजिक पुर्याएको प्रहरीले जनाएको छ । उनी सशस्त्र प्रहरीको बेस क्याम्प नजिक मृत भेटिएकी थिइन् ।