|  

बुटवलमा दुई कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु

६ कार्तिक,काठमाडौं - रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालको आईसीयूमा उपचाररत दुई संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्घाखाँचीको पाणिनि-७ का ३८ वर्षीय र रूपन्देहीको तिलोत्तमा नगरपालिका-४ का ८१ वर्षीय पुरुष रहेको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए ।

उनका अनुसार असोज २२ गते कोरोना पोजिटिभ देखिएपछि अस्पताल भर्ना गरिएका पाणिनिका संक्रमितको बुधबार राति ९ः२४ बजे मृत्यु भएको हो । त्यस्तै, कात्तिक १ गते कोरोना पुष्टि भएका तिलोत्तमाका संक्रमितको बुधबार राति १२ बजे मृत्यु भएको गौतमले बताए । 

अस्पतालका अनुसार आईसीयूमा उपचाररत दुवै संक्रमितमा श्वासप्रश्वासको समस्या थियो ।