|  

रअका प्रमुख गोयल दिल्ली फिर्ता : भ्रमणबारे नेकपा सचिवालयका नेताहरु अन्योलमा

६ कात्तिक,काठमाडौं - भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्त कुमार गोयल दिल्ली फर्किएका छन् ।

हिजो बुधबार दिउँसो नेपाल आएका गोयलले नेपालमा राजनीतिक हलचल मच्चाएर दिल्ली फर्किएका हुन् । गोयलले क–कसलाई भेटे भन्नेबारे सरकारले सम्पूर्ण सूचना समेत गोप्य राखेको छ । 

भारतीय गुप्तचर प्रमुख गोयलको टोली विहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखा परेकाले दिल्ली फर्किएको पुष्टि भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा स्रोतका अनुसार आईएफबी ६०४५ कल साइनको चार्टर्ड उडानबाट गोयलको टोली दिल्ली फर्किएका हुन् ।

उता गुप्तचर प्रमुखको भ्रमणबारे सत्तारुढ नेकपाकै सचिवालयका नेताहरु अन्योलमा छन् । कार्यकारी अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधव कुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले संचारमाध्यम मार्फत् भारतीय गुप्तचरको भ्रमणबारे थाहा पाएको बताएका छन् ।