|  

हास्य कलाकार हरिवंश आचार्य दप्पती कोरोना मुक्त

६ कात्तिक,काठमाडौं - हास्य कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला आचार्य कोरोना संक्रमणमुक्त भएका छन्। 

सामान्य लक्षण देखिएपछि उनीहरुले पीसीआर परीक्षण गर्दा गत असोज २० गते उनीहरूमा संक्रमण देखिएको थियो। 

१६ दिनपछि कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ देखिएको आचार्यले आफ्नो फेसबुक पेजमार्फत जानकारी दिएका छन्।