|  

आयल निगमको डिपोमा तेल खन्याउन लाइनमा रहेको ट्याङ्करमा आगलागी

६ कार्तिक । रुपन्देही भलवारीस्थित नेपाल आयल निगमको डिपोमा रहेको एक ट्याङ्करमा आगलागी भएको छ । भारतबाट ल्याएको तेल खन्याउन डिपोभित्र लाइनमा रहेको लु १ ख ८१४५ नम्बरको ट्याङ्करमा बिहीबार दिउँसो आगलागी भएको हो ।

आगलागीबाट ट्याङ्करको अगाडिको केही भाग जले पनि अन्य भौतिक तथा मानवीय क्षति नभएको रुपन्देही प्रहरीले जनाएको छ।

ट्याङ्करमा रहेको बेट्री सर्ट भएर आगलागी भएको र डिपोभित्र रहेको अग्नि नियन्त्रक यन्त्रले आगलागीलाई १० मिनेटभित्र नियन्त्रणमा लिएको डिपो प्रमुख प्रलयङ्कर आचार्यले बताए । तत्काल नेपाली सेना र त्यहाँ रहेको कर्मचारीहरुको प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो ।