|  

नेकपा सचेतक चौधरीलाई भाङ्पाली: बाफ लिनेक्रममा तातो पानी पोखिएर पोल्दा घाइते

८ कार्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक एवम् सांसद शान्ता चौधरी कोरोना संक्रमणबाट मुक्त भईसकेपनि तातो पानीको बाफ लिने क्रममा पानी पोखिएर खुट्टा पोल्दा घाइते भएकी छन् । कोरोना भाइरसको संक्रमणबाट पारेको प्रभाव निको पार्न बाफ लिने क्रममा खुट्टा जलेको नेतृ चौधरीले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन् ।

‘बाफ लिने बेला पोखिएको तातो पानीले खुट्टा पोलेर हल न चल बनाएको छ,’ नेतृ चौधरीले सामाजिक सञ्जालमा भनेकी छन्, ‘कोरोनाका कारण म त्यसै पनि तपाईंहरु भन्दा टाढा हुन बाध्य भएँ, फेरि खुट्टा थला पर्यो ।’