|  

कोरोना संक्रमणबाट धनुषामा महिलाको मृत्यु

८ कार्तिक, जनकपुर - धनुषामा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ निवासी ६५ वर्षीया महिलाको आज शनिबार बिहान करिव २ बजे मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

ज्वरो आएर स्वासप्रस्वासमा कठिनाइ भएपछि उक्त महिलालाई गत शुक्रबार बिहान प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । उनको शुक्रबार नै स्वाब लिई परीक्षण गर्दा राति ८ बजेतिर रिपोर्ट पोजेटिभ आएको निर्देशनालयका निमित्त निर्देशक विजय झाले बताए ।

निमित्त निर्देशक विजय झा का अनुसार महिलामा उच्च रक्तचाप, मधुमेह र दम समेत देखिएको थियो । उनको आज बिहान मृत्यु भएको हो । 

योसँगै धनुषामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।