|  

गायिका नेहा कक्कडले गरिन् रोहनप्रीतसँग विवाह

८ कार्तिक, काठमाडौं । बलिउड गायिका नेहा कक्डले रोहनप्रीतसँग विवाह गरेकी छन् ।
उनले आज गुरुद्वारमा विवाह गरेकी हुन् । आज शनिबार उनीहरूले दिल्लीमा विवाह गरेको भारतीय सञ्चार माध्यमले जनाएको छ। 

उनीहरुको विवाहको भिडियो पनि सामाजिक संञ्जालमा भाइरल बनिरहेको छ । यसअघि उनीहरूले मेहेन्दी र हल्दी समारोहका तस्बिर र भिडिओ सामाजिक सञ्जालमा सेयर गरेका थिए। 

उनीहरूले अक्टोबर २२ मा विवाह दर्ता गरेका थिए। विवाह दर्ता गरेको दुई दिन पछि उनीहरूले विवाह गरेका हुन्। रिसेप्सन पार्टी भने अक्टोबर २६ मा पन्जाबमा हुने बताइएको छ।

विवाहको भिडियो
https://www.instagram.com/neheart_lovepreet/?utm_source=ig_embed