|  

प्रधानमन्त्री ओलीले ‘रअ' प्रमुखसँग भेटेर आफ्नो पदको अपमान गर्नुभयो– संयोजक रविन्द्र मिश्र

९  कार्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रविन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ' का प्रमुख सामन्तकुमार गोयलसँग भेट गरेर प्रधानमन्त्री पदकै अपमान गरेको बताएका छन् ।

संयोजक मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ? भनेर सामाजिक सञ्जालमार्फत परराष्ट्रमन्त्रीलाई प्रश्न सोधेका छन् । 

उनले अहिलको सामान्य अवस्थामा भारतीय प्रधानमन्त्रीले आफ्ना गुप्तचर प्रमुखलाई विशेष विमानद्वारा नेपालका प्रधानमन्त्रीलाई भेट्न पठाउनु नेपालका प्रधानमन्त्रीलाई हेपेको हो कि होइन ? भनेर पनि प्रश्न गरेका छन् ।

प्रधानमन्त्री ओलीले गएको कार्तिक ५ गते ९ जनाको टोली सहित  बुधबार नेपाल आएका काठमाडौं आएका 'रअ'का प्रमुख गोयलसँग सोही दिन बेलुका बालुवाटारमा भेटेका थिए। त्यसपछि सत्तारुढ नेकपाभित्रबाट साथै विभिन्न दल र सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले समेत सीआइडी प्रमुखलाई नभेटी किन सिधै प्रधानमन्त्रीलाई भेटियो भन्ने विषयमा आलोचना गर्दै आएका छन् । प्रधानमन्त्री–गुप्तचारको भेट कूटनीतिक मर्यादा विपरीत भएको भन्दै विवाद हुँदै आएको छ ।