|  

आईपीएल: आजको ४४औँ खेलमा चेन्नईसँग ब्यांग्लोर ८ विकेटले पराजित

९ कार्तिक, काठमाडौं । आईपीएलको १३औँ सीजको ४४औँ खेलमा चेन्नई सुपरकिंग्स विजय भएको छ । यूएईमा जारी खेलमा चेन्नईले रोयल च्यालेन्जर्स ब्यांग्लोरलाई ८ विकेटले पराजित गरेको हो । 

ब्यांग्लोरले दिएको १४६ रनको टार्गेट चेन्नईले १८.४ ओभरमा १५० रन बनाएर पूरा गर्यो ।

बैंगलोरले दिएको १४६ रनको लक्ष्य पछ्याएको चन्नइले १८.४ ओभरमा मात्र २ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो । चेन्नइको जितका लागि तुराज गैकवाडले अर्धशतकीय पारी खेले । उनले ५१ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ६५ रनको अविजित अर्धशतकीय पारी खेलेका हुन् ।