|  

कोरोनाका कारण नबिल बैंकका पूर्वअध्यक्ष पौड्यालको निधन

९ कार्तिक, काठमाडौं । कोरोना भाइरसका कारण नबिल बैंकका पूर्व अध्यक्ष शम्भुप्रसाद पौड्यालको निधन भएको छ । आइतबार उनको उपचारका क्रममा ह्याम्स अस्पतालमा निधन भएको हो ।

लामो समयसम्म नबिल बैंकमा संचालक तथा अध्यक्ष रहेका पौड्याल कोरोनाबाट संक्रमित थिए । कोभिड १९ को संक्रमण भएपछि उनको नर्भिक अस्पतालमा भर्ना भएका थिए । त्यसपछि उनलाई ह्याम्स अस्पताल सारिएको थियो । 

पौडेल नबिल बैंकमा २०४२ सालदेखि संचालक थिए । केही समय अगाडि उनी संचालकबाट बाहिरिएका थिए ।