|  

सप्तरीको बरमझियामा बाटो काट्दै गरेका वृद्धालाई कारले ठक्कर दिँदा घटनास्थलमै मृत्यु

१२ कार्तिक, राजविराज। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको बरमझियामा आज बिहान (बुधबार) कारले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ  । पूर्वबाट पश्चिम जाँदै गरेको बा. १८ च ७७३४ नम्बरको कारले बाटो काट्ने क्रममा वृद्धलाई ठक्कर दिँदा सप्तरीको कंचनरुप  नगरपालिका–२ बरमझिया निवासी ७५ वर्षीय तिलक सुरेतको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले बताए। 

ठक्कर दिएर भागेको कारलाई चालकसहित प्रहरी चौकी मोहलीले नियन्त्रणमा लिएको छ।