|  

बागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोरोना सङ्क्रमण पुष्टि

१२ कार्तिक, काठमाडौं । बागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । उनले विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिए पछि परिक्षण गराउँदा मङ्गलवार पिसीआर रिपोर्ट पोजेटिभ आएको बताए ।

उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशैंमा झापाको मेचीनगरस्थित घर आएका थिए । अहिले उनको स्वास्थ्य अवस्था सामानय रहेको बताए । 

हाल घरमै आइसोलेसनमा रहेका उनका छोरा राजेशलाई पनि कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ ।