|  

नेकपा केन्द्रीय कमिटी बैठक : नयाँ मिती कहिले तोकियो ?

१२ कार्तिक,काठमाडौं - सत्तारुढ दल नेकपाको केन्द्रीय कमिटी बैठक तयारी नपुगेको भन्दै एक महिनापछि सारिएको छ ।

आगामी कार्तिक १५ देखि १७ गतेसम्म तय गरिएको बैठक एक महिनापछिका लागि सारिएको पार्टीले जनाएको छ ।  

वुधबार नेकपा कार्यालय सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले एक विज्ञप्ति जारी गर्दै पूर्वनिर्धारित बैठक मंसिर १५ देखि १७ गतेसम्म बस्नेगरी स्थगित गरिएको जनाइएको छ । कोरोना महामारीका कारण पनि बैठक सारिएको विज्ञप्तिमा उल्लेख छ । 

‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को २०७७ कार्तिक १५ देखि १७ गते आयोजना गरिएको केन्द्रीय कमिटीको तेस्रो बैठक कोभिड-१९ महामारीको बढ्दो प्रकोपका कारण हाललाई स्थगित गरिएको छ । स्थगित बैठक यही २०७७ मङ्सिर १५ देखि १७ गते आयोजना गरिने छ’, विज्ञप्तिमा उल्लेख छ ।

बैठकको नयाँ मिति अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेर तय गरिएको बताइएको छ ।