|  

लोकसेवाले सहसचिव र उपसचिवको दरखास्त किन गर्‍यो स्थगित ?

१९ कार्तिक,काठमाडौ - लोकसेवा आयोगले राज पत्राङित प्रथम र द्वितीय श्रेणी (सहसचिव र उपसचिव)को दरखास्त स्थगित गरेको छ।

तह ११/९ औं का बढुवा तथा खुला सबै विज्ञापनहरूमा दरखास्त लिने कार्य स्थगित गरिएको आयोगले आज (बुधबार) सूचना निकालेर जानकारी दिएको हो।

आयोगका उपसचिव देवीप्रसाद सुवेदीका अनुसार सर्वोच्च अदालतले मंगलबार आयोगका नाममा तीन वटा अल्पकालीन आदेश जारी गरेकोले त्यसको कार्यान्वयन गर्न दरखास्त स्थगित गरिएको हो। कोरोना भाइरसको संक्रमणको कारण हाललाई स्थगित गरिएको हो ।

आयोगले अर्को सूचना नभएसम्मका लागि विज्ञापन रोकेको हो।