|  

नरवणेलाई नेपाली सेनाको १८ औं मानार्थ महारथी दिईने

२० कार्तिक,काठमाडौं - दुईदिने नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे आजदेखि नेपाली सेनाको मानार्थ महारथी उपाधी दिईने भएको छ । 

उपाधी दिइएसंगै भारतीय सेनाध्यक्ष नरवणेनेपाली सेनाको मानार्थ महारथीको सम्मान पाउने १८ औं व्यक्ति हुनेछन् ।  बुधबार काठमाडौं आइपुगेका नरवणेले विभिन्न ऐतिहासिक सम्पदा र पशुपतिनाथको दर्शन गरेका थिए । यसक्रममा उनले नेपाली ढाकाटोपीमा समेत सजिएका थिए । 

भ्रमणको दोस्रो दिन आज (बिहीबार) उनले शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गर्ने जंगीअड्डाको कार्यसूचीमा उल्लेख छ ।