|  

भारतीय सेनाध्यक्ष नरवणेलाई मानार्थ महारथी उपाधि प्रदान

२० कार्तिक,काठमाडौं - भारतीय सेनाध्यक्ष नरवणेलाई मानार्थ महारथी उपाधि प्रदान गरिएको छ ।

आज (बिहीबार) राष्ट्रपति कार्यालयमा  आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली  सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरेकी हुन् । 

नेपाल र भारतबीच एक देशका सेनापति अर्को देशको मानार्थ सेनापति हुने प्रचलन रहीआएको छ । सोहि प्रचलन अनुसार आज भारतीय सेनाध्यक्ष नरवणेले सेनाको मानार्थ महारथीको उपाधि प्राप्त गरेका हुन् ।

राष्ट्रपति भण्डारीले आज मानार्थ उपाधि प्रदान गरेसंगै,नरवणे नेपाली सेनाको मानार्थ महारथीको सम्मान पाउने १८ औं व्यक्ति भएका छन् ।

नरवणे तीन दिने नेपाल भ्रमणको लागि हिजो (बुधबार) काठमाडौं आएका थिए ।