|  

४६औँ त्रिवि दीक्षान्त समारोहको फारम खुल्यो, मंसिर १ गतेसम्ममा भरिसक्नपर्ने

२० कार्तिक, काठमाडौं । त्रिभुवन विश्वविदालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ४६औँ दीक्षान्त समारोहको आवेदन फारम खुलाएको छ । परीक्षा नियन्त्रण कार्यालयले कार्तिक २० मा सूचना जारी गरी आवेदन फारम खुला गरेको हो ।

आवेदन फाराम अनलाइनबाट आउँदो मङ्सिर १ गतेभित्र भरिसक्ने भनिएको छ । समारोहमा भाग लिनका लागि स्नातक तहले रु तीन हजार ७००, स्नातकोत्तर तह र एमफिलले रु चार हजार २०० र विद्यावारिधिले रु चार हजार ७०० शुल्क बुझाउनुपर्ने छ । तीमध्ये रु एक हजार ५०० धरौटीबापतको शुल्क हो भने अन्य शुल्क दीक्षान्त शुल्क हो । 

पुसमा महिनामा हुने समारोहमा सहभागी हुन २०७६ साल असार १ गतेदेखि २०७७ जेठ ३२ गतेसम्म सेमेष्टर र वार्षिक परीक्षा प्रणालीअनुसार स्नातक, स्नातकोत्तर तह र एमफिल तह उत्र्तीण गरी ट्रान्स्क्रीप्ट लिएका र सोही अवधिभित्र विद्यावारिधि पूरा गरेका विद्यार्थीले आवेदन दिन सक्ने त्रिविले जनाएको छ । 

दीक्षान्त समारोहका लागि परीक्षा नियन्त्रण कार्यालयको https://tuexam.edu.np/convocation/ बाट भर्न सकिनेछ।

समारोहमा सहभागी हुन चाहने विद्यार्थीले दुई जना अभिभावकसम्म सरिक गराउन सक्नेछन् । गत वर्ष भएको दीक्षान्त समारोहमा नौ हजार ५०४ विद्यार्थी सहभागी भएका थिए ।