|  

आईपीएल: पहिलो एलिमिनेटरमा बेंगलोरविरुद्ध फिल्डिङ गर्दै हैदराबाद

२१ कार्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को एलिमिनेटर खेलमा रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध सनराइजर्स हैदराबादविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।

शेख जायद स्टेडियम आबूधाबीमा हैदराबादका कप्तान डेभिड वार्नरले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । हैदराबादले आज टोलीमा एक परिवर्तन गरेको छ । ओपनर तथा विकेटकिपर ऋद्धिमान शाह चोटका कारण टोलीमा छैनन् । पछिल्ला तीन खेलमा उच्च प्रर्दशन गरेका शाह नहुँदा हैदराबादले विकेटकिपर श्रीवात्स गोस्वामीलाई खेलाएको छ ।

बेंगलोरले टोलीमा चार परिर्वत गरेको छ । बेंगलोरमा चोटका कारण प्रमुख तीव्र अलराउन्डर क्रिस मोरिस आज टोलीमा छैनन् । त्यस्तै शहबाज अहमदको स्थानमा नवदीप सैनीले लिएका छन् । जोश फिलिपे टोलीमा नहुँदा आरोन फिन्चले मौका पाएका छन् । मोरिसको स्थानमा लेग स्पिनर एडम जाम्पालाई मौका दिएको छ । त्यस्तै इसुरु उडानालाई बेन्चमा राख्दै मोईन अलीलाई मौका दिएको छ ।

यस खेलको विजेता टोली दोस्रो क्वालिफायरमा पुग्ने छ । पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई हराउँदै मुम्बई इन्डियन्स फाइनलमा पुगि सकेको छ । यस खेलको विजेताले फाइनलमा पुग्न दोस्रो क्वालिफायरमा आइतबार दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । हैदराबाद तेस्रो र बेंगलोर चौथो स्थानमा रहेर एलिमिनेटरमा स्थान बनाएका हुन् ।

लिग चरणको पहिलो खेलमा बेंगलोर १० रनले विजयी हुँदा दोस्रो खेलमा हैदराबादसँग ५ विकेटले पराजित भएको थियो । हैदराबाद पछिल्ला तीन खेलमा लगातार जित निकाल्दै प्ले अफमा स्थान बनाएको हो । बेंगलोर पछिल्ला चार खेलमा लगातार पराजित भएको छ ।

हैदराबादको प्लेइङ ११स् डेभिड वार्नर (कप्तान), श्रीवात्स गोस्वामी (विकेटकिपर), मनिष पान्डे, केन विलियम्सन, प्रियम गर्ग, अब्दुल सामद, जेसन होल्डर, शहबाज नदीम, राशिद खान, टि नटराजन र सन्दीप शर्मा ।

बेंगलोरको प्लेइङ ११स् देवदत्त पाडिक्कल, आरोन फिन्च, विराट कोहली (कप्तान), एबी डिभिलियर्स (विकेटकिपर), एडम जाम्पा, नवदीप सैनी, मोहम्मद शिराज, युजभेन्द्र चहल, वासिन्टन सुन्दर, मोईन अली, शिवम दुबे ।