|  

कहिँ नभएको लुटतन्त्र गजुरीमा : सार्वजनिक खरिद ऐनको बर्खिलाप गर्दै अवैध कर शंकलनमा तस्करलाई साथ

२२ कार्तिक, धादिङ  - कुनैपनी सरकारी तथा सार्वजनिक निकायको ठेक्का वा कुनैपनी कार्य गर्दा सरकारी मापदण्ड अनुसार राजश्व दाखिला गरी सम्झौता करारनामा गर्नुपर्ने सार्वजनिक खरिद ऐनमा उल्लेख छ । तर धादिङको गजुरी गाँउपालिकाले भने चालु आर्थिक वर्षको आन्तरिक आयकरको ठेक्कामा सार्वजनिक खरिद ऐनको ब्यापक उल्लघंन गरेको छ ।

गजुरी गाँउपालिकाले गाँउपालिका क्षेत्र भित्र उत्पादित उत्खनन्, तथा संकलन हुने गिटी बालुवा ग्राभेलको बिक्रि शुल्क उठाउनका लागी टेण्डर आह्वान गरेपनी ठेक्का सम्झौतानै नगरी एक निर्माण कम्पनीलाई कर शंकलन गर्न दिई खुलेआम सार्वजनिक खरिद ऐनको ब्यापक उल्लघंन गरेको छ ।

चालु आर्थिक बर्ष २०७७/०७८ का लागी ठेक्का लगाएकोमा गाँउपालिका अध्यक्ष निकटका ब्यक्तिले ठेक्का पाएपछि बवरमहल काठमाण्डौस्थित् शिवाको कन्ट्रक्सनले ठेक्का सम्झौता नै नगरी महिनौं दिनदेखी अबैध रुपमा जवजस्त ढंगले कर शंकलन गरीरहेको छ ।


गत कार्तिक १ गते गाँउपालिकाको चालु आर्थिक बर्ष २०७७/०७८को आन्तरिक आय संकलन शिलबन्दी ठेक्कामा सवैभन्दा बदि अंक भ्याट बाहेक रु. ११ करोड ९७ लाख ७७ हजार ७ सय ७७ रुपैँयामा बवरमहल काठमाण्डौस्थित् शिवाको कन्ट्रक्सनले ठेक्का पाएको थियो तर उक्त कम्पनीले ठेक्का पाएपनी आशयपत्र प्रकाशित् गरेको ७ औं दिनसम्ममा ठेक्का सम्झौता गरीसक्नुपर्नेमा, महिनौं दिन बित्नैलाग्दा समेत ठेक्का सम्झौता नै गरेको छैन । 

गाँउपालिकाले भने ठेक्का सम्झौता नगर्दा समेत उक्त कम्पनीलाई कारवाहि गर्नुको सट्टा उल्टै सम्झौता अगावै कर संकलन गर्न अनुमती दिएको खुलाशा भएको छ । 

उक्त ठेक्कामा, ठेक्का सम्झौता अगाबै महिनौ दिनसम्म शंकलन गरेको करवापतको रकम आपशी मिलेमतोमा भागबण्डा गर्ने शर्तमा ठेकेदार कम्पनीलाई रकम भुक्तानीनै नगर्दा समेत गाँउपालिका क्षेत्रभित्रको उत्पादित उत्खनन्, तथा संकलन हुने गिटी बालुवा ग्राभेलको बिक्रिवापतको निर्वाध रुपमा शुल्क उठाउन दिएको स्थानियहरुले आरोप लगाएका छन् ।

उता शुल्क उठाउनका लागी ठेक्का पाएको कम्पनीले ठेक्काको सम्झौता नगर्दै गत महिनादेखी नै अगावैदेखी गाँउपालिका क्षेत्रभित्र उत्पादित उत्खनन्, तथा संकलन हुने गिटी बालुवा ग्राभेलको बिक्रि शुल्क लिन सुरु गरी सक्दापनी गाँउपालिका प्रशासन तथा गाँउपालिका अध्यक्षले चासो नदिनाले समेत गाँउपालिकाका पदाधिकारी र जनप्रतिनिधीको समेत प्रत्यक्ष मिलेमतो भएको स्थानियहरुको गुनाशो छ ।

स्थानियका अनुसार गाँउपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत र गाँउपालिकाका राजश्व शाखाका प्रमुख टुफेल खान द्धयले उक्त कम्पनीलाई अवैध कर शंकलनमा प्रत्यक्ष सहयोग गरेका छन् । त्यस्तै उनीहरुले यसअघी देखीनै गाँउपालिकाको ठेक्कामा चलखेल तथा आर्थिक अनियमितता गर्दै आएको स्थानियको आरोप छ ।

उता गाँउपालिका अध्यक्षले आफु निकटका ब्यक्ति उक्त कम्पनीका साझेदार प्रतिनिधी भएका कारण गाँउपालिका क्षेत्रमा अबैध कर शंकलन गर्दा समेत मौन बसेर सहयोग गरेको गुनाशो छ । उनिहरुले उक्त कार्यबारे गाँउपालिकाका कर्मचारीलाई गुनाशो गरे जनप्रतिनिधी र जनप्रतिनिधीलाई गुनाशो गरे कर्मचारीलाई दोश देखाउंदै पन्छिने गरेको गुनाशो गरेका छन् ।
 
उक्त बिषयमा गाँउपालिकाका सुचना प्रबिधी अधिकृत विवेक नेपाललाई प्रश्न गर्दा आफुलाई त्यसवारे केहि थाहा नभएको बताए । उक्त बिषयमा राजश्व शाखामा जानकारी हुने भन्दै राजश्व शाखामा कुरा गर्न सुझाए ।

त्यसपिछि राजश्व शाखा प्रमुख टुफेल खानलाई उक्त बिषयमा प्रश्न गर्दा गाँउपालिकाले आशयपत्र प्रकाशित् गरेपनी ठेकेदार कम्पनी शिवाको कन्ट्रक्सनले हालसम्म ठेक्का सम्झौता नगरेको स्विकार गरे । “गाँउपालिकाले कार्तिक १ गते आशयपत्र प्रकाशित् ग¥र्यो । तर कम्पनीका प्रतिनिधी ठेक्का सम्झौताको अन्तिम दिनसम्म आएनन् । त्यसपछि हामीले पत्राचार ग¥यौं, उनीहरुले पत्रपनी पाईसकेका छन् अझै हामीले आगामी कार्तिक २४ गतेसम्मको अवधी राखेर पुनः पत्राचार गरेका छौं । सो अवधीसम्ममा ठेक्का सम्झौता हुनेछ ।” गाँउपालिकाको राजश्व शाखाका टुफेल खानले भने ।

यद्धपी उनले ठेकेदार कम्पनीले भने कर शंकलन नै नगरेको दावी गरे । तर गत कार्तिक १ गतेदेखीनै गाँउपालिका क्षेत्रभित्र उक्त शिवाको कन्ट्रक्सनले अवैध कर शंकलन गरेको बिलबारे प्रश्न गरेपछि भने खानले अनौपचारीक रुपमा गाँउपालिका अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृतले ठेकेदार कम्पनीलाई सघाउ गरेको घुमाउरो पारमा स्विकार गरे । अनौपचारीक रुपमा कुरा गर्दै उनले भने ठेकेदार कम्पनीका प्रतिनिधीले १ करोड रकम भुक्तानी गरेको समेत बताए । सोहि कारण सम्झौता अगाबै ठेकेदार कम्पनीलाई कर शंकलन गर्न जनप्रतिनिधीले अनुमती दिएको समेत खानले स्विकार गरे ।


गाँउपालिका अध्यक्ष भन्छन्  : दशैंका कारण ठेकेदारले सम्झौता गर्न सकेन

उता गजुरी गाँउपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतलाई ठेकेदार कम्पनीले ठेक्का सम्झौता गरे नगरी अवैध रुपमा कर शंकलन गरेको वारे प्रश्न गर्दा उनले भने आफु गत तिन चार दिनदेखी गाँउपालिका कार्यालयमा नगएको र ठेकेदार कम्पनीले ठेक्का सम्झौता गरे नगरेकोवारे समेत थाहा नभएको बताए ।

तर हालसम्म ठेक्का सम्झौता नगरेपनी सम्झौता अगावै ठेकेदार कम्पनीले अबैध कर शंकलन गरेको बारे प्रश्न गर्दा भने दशैंको कारण उक्त कम्पनीले ठेक्का सम्झौता गर्न समय लगाएको भन्दै उल्टै ठेकेदार कम्पनीको बचाउ गरे । आशय पत्र प्रकाशित् पछि ठेक्का सम्झौता गरिसक्नुपर्ने भएपनी दशैंका कारण ठेक्का सम्झौता नगरेको होला, फेरी उसले १ करोड जम्मा गरीसकेको छ, बिस्तारै रकम जम्मा गर्दै जान्छ, हामीले पनी ठेक्का सम्झौता अगाडीसम्म कर शंकलन गर्न अनुमती दिएका छौं । हामीले बैध अवैध भन्दा पनी गाँउपालिकाको आम्दानी बढाउने कार्य गरेका हौं ।” उनले भने । 

गाँउपालिका अध्यक्ष बस्नेतले ठेकेदार कम्पनीको ढाकछोप गरेपनी उक्त कम्पनीले गाँउपालिका अध्यक्ष बस्नेतकै कारण हालसम्म ठेक्का सम्झौता गरेको छैन । अध्यक्ष बस्नेतले दशैंका कारण ठेकेदार कम्पनीले ठेक्का सम्झौता गर्न नसकेको दावी गरेपनी गाँउपालिकाको आशयपत्रमा गत कार्तिक ७ गते ठेक्का सम्झौता गर्ने अन्तिम मिती थियो । यद्धपी उक्त कार्तिक ७ गतेसम्म गाँउपालिका कार्यालय खुलेको थियो । तर अध्यक्ष बस्नेतले ठेकेदार कम्पनी र कम्पनीका प्रतिनिधीको बचाउ गर्नुले  अध्यक्ष बस्नेतको मिलेमतो रहेको प्रष्ट देखिएको छ ।

करिव १२ करोड बराबरको ठेक्कामा, सम्झौता अगाबै ३३ प्रतिशत रकम अर्थात् ३ करोड ९५ लाख २६ हजार ६६७ रुपैया भुक्तानी गर्नुपर्नेमा उक्त कम्पनीले भने हालसम्म रु. १ करोड रुपैंया मात्र बुझाएको छ । यद्धपी सम्झौता नगरेपनी उक्त कम्पनीले गाँउपालिका क्षेत्र भित्र उत्पादित उत्खनन्, तथा संकलन हुने गिटी बालुवा ग्राभेलको बिक्रि शुल्क उठाउने कार्य भने गरीरहेको छ । 
उता गाँउपालिकाले ठेक्का खोलेको महिनौं दिन बित्नैलाग्दा समेत ठेकेदार कम्पनी शिवाको कन्ट्रक्सनले गाँउपालिकासंग ठेक्का सम्झौता नै गरेको छैन । उल्टै उक्त कम्पनीले गाँउपालिका अध्यक्षसंगको मिलेमतोमा ठेक्का सम्झौतानै नगरी गाँउपालिका क्षेत्रभित्र जवरजस्त रुपमा अबैध ढंगले ढांट राखी कर शंकलन गर्दै आएको छ ।