|  

जनकपुरमा गुरुरुरु बुच्चे रेल : प्रधानमन्त्रीले भनेजस्तो आएन चुच्चे रेल

२ असोज काठमाण्डौं – “नेपाली ध्यजाबाहक पानी जहाज र चुच्चेरेल” बिषेशगरी, बि.सं.२०७२ सालको अघोषित् नाकाबन्दीपछी प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक सार्वजनिक कार्यक्रममा नेपाली ध्यजाबाहक पानी जहाज र चुच्चेरेल सञ्चालन गर्ने भन्दै चर्को भाषण गर्ने गरेका थिए ।
“नेपाली ध्यजाबाहक पानी जहाज र चुच्चे रेल गुरुरुरु आउनेछ, तर केहि समय पर्खनुपर्योनी ” प्रधानमन्त्रीको हरेक समर्वजनिक कार्यक्रममा गरिने भाषण हो यो । शव्दै रोचक थियो गुरुरुरु, चुच्चे रेल, प्रधानमन्त्रीले गरेको भाषणले नेपालमा रेल आएको भन्दै केहि सार्थकता त पाए, तर प्रधानमन्त्रीले भनेजस्तो चुच्चे रेलको सट्टा बुच्चेरेल आएको छ ।

कुर्था–जनकपुरधाम र भारतको जयनगरसम्म सञ्चालनका लागि नेपालले किनेको रेल सेट आज (शुक्रबार) दिँउसो लगभग ३ बजे नेपाल आइपुगेको छ । बिगत लामो समयदेखि बन्द रहेको नेपालको एकमात्र रेल सेवाको पुनः सञ्चालनका लागि दुई सेट रेलसंगै चार सेट इन्जिन समेत नेपाल ल्याइएको छ । 

रेल पुर्णतया सञ्चालनका लागि अझै बर्षदिन लाग्ने

नेपाली रेलवे कम्पनीको महाप्रबन्धक गुरु प्रसाद भट्टराईले पुर्णतया रेल सञ्चालनका लागि अझै एक बर्ष समय लाग्ने तर कोरोनाको महामारी सकिएपछि रेल भने सञ्चालन हुने बताए । ‘हामीले मन्त्रालयलाई भाडादर तोकेर निर्धारणको लागि पठाएका छौं । नेपालमा आएका२ रेलमध्ये एसी नभएको रेलको भाडा लोकल लेबलमा ७५ रुपैयाँ र एसीयुक्त रेलमा ४ सयदेखि ५ सयसम्म हुने गरी प्रस्ताव पठाएका छौं । सायद यो भाडा रेट परिवर्तन हुँदैन होला ।’ महाप्रबन्धक भट्टराईले बताए ।

महाप्रबन्धक भट्टराईका अनुसार अव यो रेल जनकपुर–जयनगर–कुर्थासम्म ३५ किलोमिटर सञ्चालन गरीने योजना छ । नेपाल आएका २ रेलमध्ये एसी नभएको रेलको भाडा लोकल लेबलमा ७५ रुपैयाँ र एसीयुक्त रेलको भाडा ४ देखि ५ सय रुपैयाँ भाडा प्रस्ताव गरिएको महाप्रबन्धक भट्टराईको भनाई छ । 

उक्त रेल भारतमा मध्यम दूरीमा चल्ने रेलजस्तै आधुनिक रहेको पनी रेल्वे विभागले जनाएको छ । विभागका अनुसार उक्त रेलमा १ हजार ३ सय सिट क्षमता रहेको छ । त्यस्तै रेलको स्पिड प्रतिघण्टा ११० किलोमिटर रहेको छ । भ्याटबाहेक ८५ करोड रुपैयाँमा यो रेल किनिएको रेल विभागले जानकारी दिएको छ । 

रेलमा दुबैतिर इन्जिन भएकोले फर्काइराख्नु नपर्ने समेत बिभागले बताएको छ ।