|  

हाँस्यकलाकार गजुरेलको स्वास्थ्य अवस्था सुधारोन्मुख : अहिले कस्तो छ मनोजलाई ?

२२ कार्तिक, काठमाडौं - बरिष्ठ हाँस्य कलाकार मनोज गजुरेलको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।

कोरोना संक्रमित वरिष्ठ कलाकार गजुरेलले आफ्नो स्वास्थ्यमा सुधार भइरहेको सामाजिक संजालमार्फत् बताएका छन् । अघिल्लो दिनको तुलनामा आफ्नो स्वास्थ्य ‘धेरै राम्रो’ भइरहेको उनले बताएका छन् । 

उनले फेसबुकमा लेखेका छन्, ‘आराम छु, आरामको कामना गर्दछु । हिजो भन्दा आज धेरै राम्रो भइरहेको छ । स्वास्थ्य लाभको कामना गर्नु हुने सबैमा धन्यवाद ।’

गजुरेललाई गत कार्तिक १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । अक्सिजनको मात्रा कम देखिएपछि उनलाई बिहीबार सशस्त्र प्रहरी अस्पताल लगिएको थियो । हाल उनको उपचार बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको आइसीयूमा भइरहेको छ । 

गजुरेलको स्वास्थ्य परीक्षणपछि  फोक्सोमा पानी जमेको पाइएको चिकित्सकहरुले बताएका छन् ।