|  

राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण मंसिर १० देखि

२२ कार्तिक, काठमाण्डौं ।  नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टिमको प्रशिक्षण मंसिर १० गतेदेखि सुरु गर्ने भएको छ । शनिबार बसेको क्यानको  भर्चुअल बोर्ड बैकले मंसिर १० गतेदेखि अभ्यास थाल्ने निर्णय गरेको हो ।

यसअघि क्यानले मंसिर दोस्रो साता देखि राष्ट्रिय पुरुष क्रिकेट टोलीको क्लोज क्याम्प सुरुगर्ने योजना बनाएको थियो ।

सम्पूर्ण स्वास्थ्य प्रोटोकल पुरा गर्दै मंसिर १० गतेदेखि पुरुष टोलीको अभ्यास थाल्ने निर्णय भएको क्यानले विज्ञप्तीमार्फत जानकारी दिएको छ ।

क्यान पदाधिकारीहरुका अनुसार मंसिर १० देखि अभ्यास थाल्न कार्तिक अन्तिमबाट नै तयारी सुरु हुनेछ । क्यानले नेपाल सरकार र अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आईसीसी० को कोरोना स्वास्थ्य सुरक्षा प्रोटोकलको पलना गर्नेछ ।

राष्ट्रिय क्रिकेट टिमको अभ्यास सुचारु गर्न क्यानलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) ले यसअघिनै अनुमती दिइसकेको छ ।

कोरोना भाइरसको महामारीका कारण नेपाली क्रिकेट टिम करिब ८ महिनादेखि अभ्यासविहिन छ ।