|  

आईपीएल: टस जितेको दिल्लीले हैदराबादविरुद्ध ब्याटिङ गर्दै

२३ कार्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा अहिले दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद खेलिरहेका छन् । आबुधाबीको शेख जयेद स्टेडियममा टस जितेको दिल्लीले पहिले ब्याटिङ गर्दै छ ।  

है मुम्बईविरुद्ध खराब प्रर्दशन गरेका तीव्र गतिका बलर ड्यानियल साम्सको स्थानमा शिम्रन हेटमायरलाई मौका दिएको छ ।

त्यस्तै खराब लयबाट गुज्रि रहेका ओपनर पृथ्वी शा को स्थानमा लेग स्पिनर प्रविन दुबेलाई मौका दिएको छ । हैदराबादले भने टोलीमा कुनै परिवर्तन गरेको छैन । यसअघि रोयल च्यालेन्जर्स बेंगलोरविरुद्धको टोलीले निरन्तरता दिएको छ ।

दिल्ली पहिलो पटक र हैदराबाद तेस्रो पटक फाइनलमा स्थान बनाउन चाहन्छन् । हैदराबादले उत्कृष्ट लय समाउँदा दिल्लीले संघर्ष गरिरहेको छ । पहिलो क्वालिफायरमा दिल्ली मुम्बई इन्डियन्ससँग पराजित हुन पुगेको थियो । हैदराबादले एलिमिनेटरमा रोयल च्यालेन्जर्स बेंगलोरलाई पराजित गर्दै दिल्लीसँग भेट पक्का गरेको हो ।

हैदराबाद पछिल्ला चार खेलमा अपराजित छ । दिल्ली पछिल्ला ६ खेलमा पाँचमा हारको सामना गर्नु परेको छ । आजको विजेताले आइपिएलको फाइनलमा मुम्बई इन्डियन्ससँग खेल्ने छ । दिल्ली हालसम्म आइपिएलको फाइनलमा पुग्न सकेको छैन । दिल्ली हैदराबादविरुद्ध जित निकाल्दै उक्त फाइनलको खडेरी तोड्न चाहन्छ । हैदराबाद सन् २०१६ को विजेता हैदराबाद र २०१८ को फाइनलमा चेन्नई सुपर किंग्ससँग पराजित भएको थियो ।

यस्तो छ दिल्लीको प्लेइङ ११: शिखर धवन, अजिन्क्या रहाणे, श्रेयस अय्यर, रिषभ पन्त, शिमरोन हेटमायर, मार्कस स्टोइनिस, अक्षर पटेल, रविचन्द्रन अश्विन, प्रवीन दुबे, कागिसो रबाडा र एनरिच नोर्त्जे । 

यस्तो छ हैदराबादको प्लेइङ ११ : डेभिड वार्नर, श्रीवात्स गोस्वामी, मनिष पाण्डे, केन विलियमसन, प्रियम गर्ग, जेसन होल्डर, अब्दुल समाद, राशिद खान, शहबाज नदीम, सन्दीप शर्मा र टी नटराजन ।