|  

दिल्ली पहिलो पटक आईपिएलको फाइनलमा

२४ कार्तिक, काठमाडौं । दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपिएल) इतिहासमा पहिलो पटक फाइनलमा पुगेको छ । आइतबार राती सम्पन्न दोस्रो क्वालिफायर खेलमा दिल्लीले सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गर्दै आइपिएल इतिहासमा पहिलो पटक फाइनलमा स्थान बनाउँदै इतिहास रचेको हो ।

शेख जायद क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ९० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रन मात्र बनाउन सक्यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो दिल्ली आईपीएलको इतिहासमा पहिलो पटक फाइनलमा प्रवेश गरेको छ ।

 तर, यस सिजनका लेग स्पिनर सन्दीपले खेल्ने मौका भने पाएनन् । अब दिल्लीले उपाधिका लागि साविक विजेता मुम्बई इण्डियन्ससँग भोलि फाइनल खेल्नेछ ।