|  

पछिल्लो २४ घन्टामा १,४७७ जनामा कोरोना संक्रमण पुष्टि

३० कार्तिक,काठमाडौं - पछिल्लो २४ घन्टामा १ हजार ४ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा मात्र १ हजार ४ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै  २ हजार ७ सय ९८ जना कोरोना मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका १ हजार ४ सय ७७ जनासहित देशभर संक्रमितको संख्या २ लाख ९ हजार ७ सय ७६ जना पुगेको छ । संक्रमितमध्ये १ लाख ७३ हजार ४ सय ३० जना कोरोना मुक्त भएका छन् ।

पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमण ६ जनाको मृत्यु भएको छ । त्यस्तै अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार २ सय २१ पुगेको छ ।