|  

वडाध्यक्ष सहित १५ जना जुवाखालबाट पक्राउ

१ मंसिर सुर्खेत - प्रहरीले जुवा खेलिरहेको अवस्थामा वडाध्यक्ष सहित १५ जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बाबियाचौर, सुर्खेतबाट खटिएको प्रहरी टोलीले आज सोमवार जुवा खेलिरहेको अवस्थामा पञ्चपुरी नगरपालिका-२ का वडाध्यक्ष जगत बिसी सहित १५ जनालाई पक्राउ गरेको हो ।

उनिहरुको साथवाट प्रहरीले नगद रु.तीन लाखभन्दा बढी नगद समेत बरामद गरेको छ । जुवा खेलिरहेको सूचना पाएपछि गत शनिबार राति प्रहरी त्यहाँ पुगेको थियो । 

त्यस्तै पक्राउ पर्नेमा पञ्चपुरी नगरपालिका-२ का वडाध्यक्ष ५४ वर्षीय बिसीका साथै ३१ वर्षीय रमेश बोहरा, ३० वर्षीय नवीन शर्मा, ५० वर्षीय चन्द्रवीर रावत, २८ वर्षीय बालाराम रोकाय, ६१ वर्षीय अग्नी शर्मा, ३८ वर्षीय पूर्ण सुवेदी र सुशील बुढा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

त्यस्तै, ३४ वर्षीय खगेन्द्र जैसी, हर्कबहादुर बुढा, १९ वर्षीय लीलबहादुर बुढा, ४८ वर्षीय नवराज शर्मा, २४ वर्षीय कर्णबहादुर बुढा, ४० वर्षीय शिव खनाल र बराहताल गाउँपालिका-७ का चक्रबहादुर खड्कालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।