|  

मंसिर ८ गतेदेखि जनकपुरधाममा टि २० क्रिकेट टुर्नामेन्ट आयोजना हुने

२ मंसिर, जनकपुरधाम । जनकपुरधाममा मंसिर ८ गतेदेखि टि २० च्याम्पियनशिप क्रिकेट प्रतियोगिता हुने भएको छ।

कोरोना संक्रमणका कारण खेल क्षेत्रपनि प्रभावित भइरहेको बेला क्रिकेट प्रतियोगिता आयोजना गरेर खेलको माहौल निर्माण गर्नकै लागि टि २० क्रिकेट आयोजना गर्न लागिएको हो। 
हरिज् स्पोर्ट्स जोनको आयोजनामा हुन लागेको क्रिकेट प्रतियोगितामा कम्तीमा १६ वटा टिमलाई सहभागी गराउने लक्ष्य लिइएको जिल्ला क्रिकेट संघका शोेभाकान्त पाण्डेले जानकारी दिए। पाण्डेले नक आउट चरणमा हुने यो प्रतियोगिता दुई सातासम्म संचालन हुने बताए।

यसअघि बृहत स्तरमा शहीद कप प्रतियोगिताको आयोजना गरिदै आएपनि कोरोना संक्रमणको त्रासका कारण प्रभावित भएको र स्थानीयस्तरका टिमहरुलाई शामिल गरेर खेल प्रतियोगिताहरुको माहौल बनाउन लागिएको उनले बताए। 

भने ‘स्थानीय क्लवहरुलाई सहभागी गरेर यो आयोजना गर्न लागिएको हो। जनकपुर टि २० चैम्पियनशिप सम्पन्न भए लगत्तै बृृहत स्तरको प्रतियोगिताको आयोजना गर्ने हाम्रो लक्ष्य रहेको छ।’

प्रतियोगिताको पहिलो टिमलाई ५० हजार पुरस्कार प्रदान गरिने छ। त्यस्तै दोस्रो हुने टिमलाई २५ हजार, मैन अफ द टुर्नामेन्ट हुने खेलाडीलाई ५ हजार पुरस्कार प्रदान गरिने छ ।